राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबिच भेटवार्ता हुँदै

भक्तपुर न्यूज

२७ कार्तिक २०८१ १६:३८

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबिच भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मैज्जुबीच मङ्गलबार भेटवार्ता हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन आएका दुई देशका राष्ट्राध्यक्षबिच भेटवार्ता हुन लागेको हो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र नेपाल र माल्दिभ्सका राष्ट्रपतिबिच हुने भेटवार्तामा जलवायु परिवर्तनको असरबाट दुवै देशले भोग्नुपरेका समस्या र चुनौतीलगायत समसामयिक विषयमा छलफल हुने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा माल्दिभ्सका तर्फबाट विदेशमन्त्री डा. अब्दुल्ला खलिल, जलवायु, वातावरण तथा ऊर्जामन्त्री थोरिक इब्राहिमलगायतका उच्च अधिकारी रहने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *