मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर

भक्तपुर न्यूज

२७ कार्तिक २०८१ १२:००

मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज अमेरिकी डलर १ बराबर खरिद दर १३४।७४ रुपियाँ र बिक्री दर १३५।३४ रुपियाँ पुगेको छ । हिजो भने खरिद १३४।७१ रुपियाँ र बिक्री १३५।३१ रुपियाँ रहेको थियो ।

त्यस्तै हिजो युरो १ को खरिद मूल्य १४४।३४ रुपियाँ र बिक्री १४५।०३ रुपियाँ तोकिएकामा आज भने घटेर खरिद १४३।६५ रुपियाँ र बिक्री १४४।२९ रुपियाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार मंगलबारका लागि पाउन्ड १ को खरिद दर १७३।५५ रुपियाँ र बिक्री दर १७४।३२ रुपियाँ निर्धारण गरिएको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १७४।०९ रुपियाँ र बिक्री १७४।८६ रुपियाँ थियो ।

अघिल्लो कारोबार दिनमा अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८९।४७ रुपियाँ र बिक्री मूल्य ८९।८७ रुपियाँ रहेकामा यसदिन घटेर खरिद ८८।६८ रुपियाँ र बिक्री ८९।०७ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै आज कोरिय वन १० को खरिद दर ९।६३ रुपियाँ र बिक्री दर ९।६८ रुपियाँ रहेकामा आइतबार भने खरिद ९।७२ रुपियाँ र बिक्री ९।७६ रुपियाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *