बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थी दीक्षित
धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका विद्यार्थीहरु दीक्षित भएका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानका ६५७ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरुलाई कुलपति ओलीले दीक्षित गरेका हुन् ।
भारतका शिक्षाविद प्रा. डा. ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए ।
कार्यक्रममा प्रतिष्ठानले प्रदान गदैं आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।
केही तस्विरहरु :




तस्विर : प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९