एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

भक्तपुर न्यूज

२६ कार्तिक २०८१ ११:४८

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली कात्तिक २७ गते बुकक्लोज गर्ने भएको छ । यसर्थ आजसम्म कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

जस अनुसार इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *