स्थानीय तह उपनिर्वाचनका लागि एमालेद्वारा उम्मेदवार सार्वजनिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा हर्षमान महर्जन र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।
आज यहाँ भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।
त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६