प्रधानमन्त्री ओली, देउवा, आरजु लगायतविरुद्ध अख्तियारमा उजुरी

भक्तपुर न्यूज

२१ कार्तिक २०८१ १२:४४

प्रधानमन्त्री ओली, देउवा, आरजु लगायतविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्तासमेत रहेका युवराज पौडेल सफलले अख्तियारमा भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणासहित नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा’बादल’, कांग्रेस नेतृ मन्जु खाँण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर र प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरु मुछिएको भए पनि अनुसन्धान नभएको भन्दै भ्रष्टाचार निवारण ऐन बमोजिम मुद्दा चलाई कारबाही गर्न माग गरेका छन् । प्रधानमन्त्री ओली लगायतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुसँग भेटेको भन्दै उनीहरुको संलग्नता देखिएको आरोपपत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *