ऊर्जामन्त्री खड्का र भारतीय जल शक्तिमन्त्री पाटिलबीच भेटवार्ता

भक्तपुर न्यूज

२० कार्तिक २०८१ १५:३४

ऊर्जामन्त्री खड्का र भारतीय जल शक्तिमन्त्री पाटिलबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा आइतबार भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनु पर्नेमा जोड दिएका थिए । मन्त्री खड्काले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन भारतलाई अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल-भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए । भेटमा भारतका जल शक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सकारात्मक रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *