नेकपा एमालेको सचिवालय बैठक जारी

भक्तपुर न्यूज

४ कार्तिक २०८१ १९:०५

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक जारी रहेको छ । एमालेले आकस्मिक रूपमा बोलाएको सचिवालय बैठकको एजेण्डा भने सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको छ । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेको लगायत विषयमा पनि बैठकमा छलफल हुने प्रचार तथा प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेको पक्राउबारे पनि बैठकमा छलफल हुनसक्ने बताइएको छ । रविलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएको छ । कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आइतबार अनुमति पनि दिएको छ । यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो । सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *