बाढीपहिरो पीडितका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने
काठमाडौं । नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरूलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनले भने, ‘राज्यको तर्फबाट एक अर्ब छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’ यस्तैगरी उनले विपत्तिमा परेकाहरूको राहत र उद्धारमा पार्टी पंक्तिलाई खटाइएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताए ।
त्यस्तै, प्रतिनिधिसभा सदस्यहरूबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१