होटल बसेरामा नेकपा एमालेको सचिवालय बैठक सुरु

भक्तपुर न्यूज

१५ असोज २०८१ ६:४५

होटल बसेरामा नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

अनामनगरस्थित होटल बसेरामा एमाले सचिवालय बैठक बसेको हो । एमाले मूख्यालय रहेका च्यासलमा बाढी पहिरोले असर पुर्याएपछि बैठक बसेरामा बसेको हो । यसअघि पनि च्यासलमा पानी पस्दा एमालेले बसेरामै बैठक गर्दै आएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो। बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *