रास्वपाको केन्द्रीय समिति बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय वनस्थलीमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपसभापति स्वर्णिम वाग्ले सहित १४ जना नेता चीन गएको विषयमा रिपोर्टिङ हुने एजेन्डा रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
देशमा आएको बाढी पहिरोमा पीडितहरूलाई राहत रकम पनि प्रदान गर्न सक्ने रास्वपाको तयारी छ । यस्तै सरकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि गरिने कारबाहीको विषयमा पनि छलफल हुने पार्टीका एक नेताले बताए ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानविन र कारबाही गर्न संसदीय विशेष समितिले निर्देशन दिएको छ । तर सभापति लामिछानेले आफूले मुख्य आरोपबाट ‘क्लिन चिट’ पाएको बताउँदै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१