एमालेले बोलायो केन्द्रीय कार्यालयको आकस्मिक बैठक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ।
महासचिव शंकर पोखरेलले बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए। बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुनेछ।
बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१