संक्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दा सधैंका लागि समाधान गर्न प्रतिबद्ध : प्रधानमन्त्री ओली

भक्तपुर न्यूज

११ असोज २०८१ ६:३०

संक्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दा सधैंका लागि समाधान गर्न प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दै उनले वि.सं. २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन् ।

संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उनले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिए ।

संक्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैंका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौं । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौं ।” नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको उनले प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबीचको विरोधाभासमा रहेको उल्लेख गरे । साथै उनले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन जस्ताको तस्तै :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *