कोशी प्रदेश योजना आयोगका दुई सदस्यले दिए राजीनामा

भक्तपुर न्यूज

१० असोज २०८१ ६:०२

कोशी प्रदेश योजना आयोगका दुई सदस्यले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेश योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । माओवादी कोटाबाट नियुक्ति लिएका धरानका भवानी बराल र विराटनगर कि नमिता न्यौपानेले बुधवार राजीनामा दिएका हुन् ।

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१ जेठ २८ गतेको निर्णयबाट प्रदेश योजना आयोग कोशी प्रदेशको सदस्य पदमा उनीहरू नियुक्त भएका थिए । दुवै जनाले संयुक्त रूपमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *