श्रीलङ्काका लागि प्रस्तावित राजदूतका बारेमा निर्णय गर्ने भनिएको समिति बैठक स्थगित

भक्तपुर न्यूज

६ असोज २०८१ ६:०५

श्रीलङ्काका लागि प्रस्तावित राजदूतका बारेमा निर्णय गर्ने भनिएको समिति बैठक स्थगित

काठमाडौं । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो ।

यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो । भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् । भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *