गोर्खा मिडियाबाट रवि लामिछानेले बुझेका थिए १ करोड ४ लाख रुपैयाँ तलब

भक्तपुर न्यूज

४ असोज २०८१ १०:०२

गोर्खा मिडियाबाट रवि लामिछानेले बुझेका थिए १ करोड ४ लाख रुपैयाँ तलब

काठमाडौं । गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रबन्ध निर्देशक रवि लामिछानेले एक करोड रुपैयाँभन्दा बढी तलब लिएको पाइएको छ ।

सहकारीको करोडौं रकम हिनामिनामा गठित विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको पाइएको हो । उनले आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ र त्यसको अघिल्लो आवमा ३० लाख रुपैयाँ तलबबापत लिएका थिए । गोर्खा मिडियामा उनी १ माघ २०७७ देखि १ असार २०७९सम्म आवद्ध थिए ।

तर हाल फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने २०७८/७९ मा मात्र ३० लाख तलब लिएको समितिको प्रतिवेदनमा उल्लेख छ । यसरी राईभन्दा बढी लामिछानेले तलब लिएकाे देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *