सहकारी ठगीसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक
काठमाडौं । सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले शुक्रवार दिउँसो आफ्नो वेबसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।
भदौ ३१ गते प्रतिनिधि सभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।
समितिले सहकारी ठगीमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको छ । यस्तै सर्वसाधारणको बचत अपचलन गर्ने सहकारी संचालकको सम्पत्ति रोक्का र जफत गर्न सुझाव दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९