श्रीलंकामा प्रस्तावित राजदूत भट्टराईको स्नातक पासको प्रमाणपत्र नभएपछि…

भक्तपुर न्यूज

३ असोज २०८१ ८:४६

श्रीलंकामा प्रस्तावित राजदूत भट्टराईको स्नातक पासको प्रमाणपत्र नभएपछि…

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नभएको पाइएको छ।

राजदूत हुन न्यूनतम शैक्षिक योग्यता स्नातक हुनुपर्ने भए पनि भट्टराईको हकमा त्यो नभएको पाइएको हो। बीए नै पास नगरेका भट्टराईलाई राजदूतमा सिफारिस गरिएपछि सुनुवाइ समिति अलमलमा परेकाे हाे ।

शैक्षिक योग्यतामै प्रश्न उठेपछि उनलाई के गर्ने भन्ने विषयमा समितिमा छ्लफल भइरहेको छ। सुनुवाइ समितिले बिहीबार प्रस्तावित १७ राजदूतबारे निर्णय गर्ने तयारी गरेको छ।

बिहीबार प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत र अष्ट्रेलिया तथा बेल्जियमका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र सेवा लम्सालको सुनुवाइ भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *