तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार एकैदिन प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँ कारोबार भएको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटेसँगै बुधबार चाँदीको पनि मूल्य घटेको छ। मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । विशेषगरी मध्यपूर्वमा तनाव बढेसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा आकासिन थालेको छ । जसको प्रभाव स्थानीय बजारमा देखिएको विश्लेषकहरुको बुझाई छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३