युरोकप उपाधिका लागि स्पेन र इङल्यान्ड भिड्दै
काठमाडौं । युरो कपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२:४५ बजेदेखि सुरु हुने छ। सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो।
तीन पटक युरो कपको उपाधि जितेको स्पेन योसहित पाँचौँ पटक युरो कपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनल खेल्दै छ। २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो।
स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमनेसामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ। त्यस्तै ३ खेल बराबरीमा सकिएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४