नियमित काजु खानुका यस्ता छन् फाइदै फाइदा
काठमाडौं । काजु महँगो ड्राइ फ्रुट हो । ड्राइ फ्रुटको राजा मानिने काजुका फाइदा भने अनगिन्ती छन् । काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पुर्याउने खाद्य हो ।
हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फूर्ति आउँछ । शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन बीट, सोडियम, पोटासियम, म्याग्निसियम, फाइबर, फ्याट, म्याग्नेस, आइरन, जिंकजस्ता पोषक तत्व पाइन्छ । मानसिक स्वास्थ्यदेखि मुटुसहित विभिन्न अङ्गका लागि काजुको सेवन लाभदायक हुने रिपोर्टहरूमा उल्लेख छ । खासगरी खाली पेटमा काजु खाँदा तपाईंको शरीरले यसको पोषक तत्वलाई सजिलै अवशोषित (एब्जर्भ्ड) गर्न सक्छ ।
युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
काजुमा कुन तत्व कति पाइन्छ ?
युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार एक वन्स अर्थात् २८.३५ ग्राम काँचो काजुमा १५७ क्यालोरी पाइन्छ र ८.५६ ग्राम कार्बोहाइडेट, १.६८ ग्राम सुगर, ०.९ ग्राम फाइबर, ५.१७ ग्राम प्रोटिन, १२.४३ ग्राम चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम, १.८९ एमजी आइरन, ८३ एमजी म्याग्निसियम, १६८ एमजी फस्फोरस, १८७ एमजी पोटसियम, ३ एमजी सोडियम, १.६४ एमजी जिन्क पाइन्छ । एक वन्स अर्थात् २८ ग्राममा लगभग १८ दाना काजु रहन्छ । साथै काजुमा भिटामिन सी र भिटामिन बी पनि पाइन्छ ।
यस्ता छन् नियमित काजु खानुका फाइदा :
– काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्याएको हुन्छ ।
– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।
– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।
– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।
– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्याउँछ ।
– थकान मेटाउन सहयोग पुर्याउँछ ।
– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्याउने ।
– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।
– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।
– तनाव घटाएर थकान हुनबाट बचाउँछ
– शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।
– कोलेस्टेरोल घटाउन सहयोग पुर्याउँछ ।
– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।
– अनुहारको छालामा चमक ल्याउँछ ।
– कुनै साइड इफेक्ट गर्दैन ।
– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।
– हड्डी मजबुत गराउँछ ।
– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।
– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।
एजेन्सीको सहयोगमा