मरिच चिया पिउनुका छन् धेरै फाइदा

भक्तपुर न्यूज

१८ असार २०८१ ११:४२

मरिच चिया पिउनुका छन् धेरै फाइदा

काठमाडौं । भिटामिन ए, भिटामिन सी, भिटामिन के, फाइबर, आइरन, पोटाशियम, म्याग्नेशियम, म्याग्नीज र जिंक जस्ता जरुरी पोषक तत्वले भरपूर कालो मरिच स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।

यसको चिया बनाएर पिउँदा विभिन्न प्रकारका रोगको जोखिम पनि कम हुन्छ । आउनुहोस्, जानौं मरिचको चिया पिउनुका फाइदा:

यसमा भिटामिन सी र एन्टीअक्सीडेन्ट भरपूर मात्रामा हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छन् । यसमा हुने एन्टीब्याक्टेरियल गुणले तपाईंलाई भाइरस र ब्याक्टेरियाको चपेटामा आउनबाट बचाउँछ ।

कालो मरिचमा हुने पिपरीनले पाचनलाई राम्रो बनाउँछ । यसले पेटमा ग्यास, कब्जियत र अपच जस्ता समस्याबाट राहत दिन्छ । कालो मरिचको चियामा एन्टी ओबेसिटी प्रभाव पाइन्छ, त्यसैले यसले मेटाबोलिज्मलाई बुस्ट गर्छ । यो तौल कम गर्न पनि सहयोगी हुन्छ ।

यसमा पोटाशियम पाइन्छ, जसले रक्तचापलाई नियन्त्रणमा राख्दछ । यसलाई पिउँदा शरीरमा खराब कोलेस्ट्रोल कम हुन्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले संक्रमणबाट जोगाउँछ । बदलिँदो मौसममा हुने रुघाखोकीबाट राहत पाउनका लागि यसको चिया पिउन सक्नुहुन्छ । यसमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट हुने भएकाले छालालाई फ्री रेडिकल्सबाट जोगाउँछ । यसले छालालाई स्वच्छ र चम्किलो बनाइराख्न सहयोग गर्छ ।

प्रकाशित मितिः २०८१ असार १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *