कुन समय दही खानु राम्रो ? यस्ता छन् दही खाँदा सावधानी अपनाउनु पर्ने कुराहरू
काठमाडौं । दही पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुरा हो । यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ । दहीमा क्यालोरी, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, चिनी, क्याल्सियम, फस्फोरस, राइबोफ्लेभिन, भिटामिन बी १२ र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । नियमित रूपमा दहीको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
तर यसलाई सन्तुलित मात्रामा र उचित तरिकाले मात्रै सेवन गर्नुपर्छ । दही खानुका अनेक फाइदा छन् । दहीको सेवनले पाचनमा सुधार गर्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । हड्डी र दाँतलाई पनि यसले बलियो पार्छ । तौल घटाउन मद्दत गर्छ । मुटुको स्वास्थ्यको लागि यो राम्रो हो ।
छालाको लागि पनि लाभदायक छ । तर, दहीको सेवन सही मात्रामा र सही समयमा गर्नु जरुरी छ । मनसुनमा दहीको सेवन केही मानिसका लागि समस्याकारी हुन सक्छ भनेर आयुर्वेदले भन्छ ।
नून मिलाएर खानु हुँदैन
दही एक प्रकारको आयुर्वेदिक औषधि हो, जसमा हामीले नून मिसाएर खानु हुँदैन। नून मिलाएको दहीले विषको रूपमा काम गर्दछ, किनभने दहीमा नून थपेमा यसले दहीमा रहेको फाइदाजनक ब्याक्टेरिया मार्दछ र यो लाभदायक हुँदैन।
मिश्री र दही खानु हुन्छ फाइदाजनक
दहीमा मिश्री मिलाएर खानु निकै लाभदायक हुन्छ। आयुर्वेदमा पनि भनिएको छ कि दहि-मिश्री मिलाएर खाँदा शरीरमा रोग प्रतोरोधात्मक क्षमता बढ्छ । कृष्ण जन्माष्टमीमा पनि भगवान कृष्णलाई दही-मिश्री अर्पण गरिन्छ । प्राचिन कालमा दहीसँग सखर पनि मिलाएर सेवन गरिन्थ्यो।
गुलियो मिलाएर खाँदा बढ्छ ब्याक्टेरिया
दहीमा धेरै प्रकारका फाइदाजनक ब्याक्टेरिया हुन्छ । यी ब्याक्टेरिया शरीरमा प्रवेश गरेर इन्जायिम प्रकिया नियन्त्रण गर्छ जसले खाना छिटो पच्न मद्दत गर्छ र अरु प्रकारको पेटको समस्या पनि समाधान गर्छ । यस्तोमा, दहीमा गुलियो मिलाउँदा ब्याक्टेरियाको संख्या बढ्छ, जसले गर्दा दही अझ धेरै फाइदाजनक हुन्छ।
कुन समयमा दही खानु हुन्छ र कुन समयमा हुँदैन
गर्मीको समयमा हुने पसिनाको दुर्गन्धको समस्या हटाउन दही खानु सबैभन्दा राम्रो घरेलु उपाय हो । गर्मीमा दही खानु यो कारणले पनि स्वस्थ हुन्छ किनकि यो चिसो हुन्छ । यदि तपाईंलाई रुघा, खोकि तथा ज्वरो छ भने भुलेर पनि दहीको सेवन गर्नु हुँदैन । आयुर्वेदको अनुसार रातिको समय दही सेवन गर्नु हुँदैन ।
दही खाने सही समय
आयुर्वेदमा दही खानेबारे समयबारे सल्लाह दिइएको छ । दही बिहान वा दिउँसोको खानामा खानुपर्छ । राती दही खानु हुँदैन ।
आयुर्वेदले वर्षायाममा भने दहीको सेवन निषेध गरेको छ । यसका केही आयुर्वेदिक कारण पनि छ । वर्षायाममा दही खाँदा केही साइड इफेक्ट हुने बताइन्छ ।
मनसुनमा दही खान नहुनुको कारण र नोक्सान
मनसुनको मध्यमा आउँछ साउनको महिना । आयुर्वेदका अनुसार यो महिनामा शरीरको दोष सन्तुलित हुँदैन । शरीरमा वायु बढ्छ र पित्त जम्मा हुन थाल्छ । मनसुनमा पेटसँग सम्बन्धित धेरै प्रकारका समस्या देखिन सक्छ ।
दही पाचनका लागि राम्रो भए पनि साउनमा दहीको सेवनले शरीरको छिद्र बन्द गराउन सक्ने अनि कयौँ प्रकारका शारीरिक समस्याहरू निम्त्याउन सक्ने आयुर्वेदले भन्छ ।
दहीलाई चिसो र भारी मानिन्छ । वर्षाको समयमा यसलाई खाँदा कफ दोष बढ्न सक्छ । यसका कारण चिसो, खोकी, घाँटी दुख्ने जस्ता समस्याहरू निम्तिन सक्छ । मनसुनको समयमा वातावरणमा आर्द्रता र तापक्रमका कारण ब्याक्टेरिया र अन्य रोगका ब्याक्टेरिया बढ्न सक्छ । त्यसैले दहीलाई राम्रोसँग सुरक्षित रूपमा राख्नु पर्छ ।
सावधानी अपनाउनु पर्ने कुराहरू
– सङ्क्रमणको जोखिम कम गर्न मनसुनको समयमा ताजा र सुरक्षित तरिकाले राखिएका दहीको मात्रै सेवन गर्नुस् ।
–अत्यधिक मात्रामा दही नखानुस् । खासगरि रातिको समयमा धेरै दही खाँदा पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ ।
–दही खाएपछि असजिलो महसुस हुन्छ वा एलर्जी हुन्छ भने पनि यसको सेवन बन्द गर्नुपर्छ ।
प्रकाशित मितिः २०८१ असार १८ मंगलबार