थाइराइड बढेको अवस्थामा यी तीन चीज नखाएकै राम्रो !

भक्तपुर न्यूज

५ असार २०८१ ८:१०

थाइराइड बढेको अवस्थामा यी तीन चीज नखाएकै राम्रो !

काठमाडौं । महिलामा थाइराइडको समस्या एकदमै धेरै देख्न पाइन्छ । यसमा हर्मोनल असन्तुलन र तौल बढ्नु जस्ता समस्या हुन सक्छन् । यो रोग कयौं कारणले गर्दा हुन सक्छ । थाइराइड बढेको अवस्थामा केही चीज खानु नोक्सानदायक हुन सक्छ ।

थाइराइडको समस्या

थाइराइडको समस्या जीवनशैलीमा भएको परिवर्तनको कारणले पनि हुन सक्छ । यसको कारण शरीरमा विभिन्न प्रकारका परिवर्तन देख्न सकिन्छ ।

थाइराइड बढेको लक्षण

थाइराइडको समस्या बढ्दा कपाल झर्ने, तौल कम वा धेरै हुने, तनाव, पाचन सम्बन्धी समस्या, थकान आदि लक्षण हुन सक्छन् ।

फूलगोभी

फूलगोभीमा गाइट्रोगन नामक पदार्थ पाइन्छ । यसले थाइराइडको समस्यालाई बढाउने काम गर्दछ । त्यसैले यसको सेवन गर्नबाट बच्नुपर्दछ ।

सोयाबीन

सोयाबीनलाई हामीले तरकारी वा तेलको रुपमा पनि प्रयोग गर्दछौं । यसमा गोइट्रोजेनिक नामक पदार्थ पाइन्छ, जसले थायराइडको समस्यालाई बढाउने काम गर्दछ । यदि तपाईंलाई थाइराइडको समस्या छ भने सोयाबिन खानबाट बच्नुहोस् । यसले शरीरमा नोक्सान पुर्‍याउन सक्छ ।

नुन

शरीरमा आयोडिनको कमी भयो भने थाइराइड ग्ल्यान्ड बढ्न थाल्छ । यही कारणले नुन प्रर्याप्त मात्रामा खानु पर्दछ । धेरै नुनको सेवन शरीरका लागि नोक्सानदायक हुन सक्छ । थाइराइड जस्तो रोगबाट बच्न नुन सीमित मात्रामा सेवन गर्नुपर्दछ । सेतोभन्दा कालो नुन, सिधेनुन खानु उपयुक्त हुन्छ ।

प्रकाशित मितिः २०८१ असार ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *