विश्वकपमा ‘सुपर ८’ का लागि सात टोलीको तय

भक्तपुर न्यूज

२ असार २०८१ ६:१३

विश्वकपमा ‘सुपर ८’ का लागि सात टोलीको तय

काठमाडौं । टी–२० विश्वकपमा समूह चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै सुपर ८ मा पुग्ने टोलीहरूको टुङ्गो लागेको छ । हालसम्म सुपर ८ का आठ टोलीमध्ये सात वटाको टुङ्गो लागिसकेको छ ।

समूह एबाट भारत समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको हो । यो समूहबाट अमेरिका उपविजेता बन्दै सुपर ८ मा स्थान बनाउन सफल भएको छ । यस समूहबाट बलियो टोली पाकिस्तान, क्यानडा र आयरल्यान्ड समूह चरणबाटै बाहिरिन पुगेका छन् ।

त्यस्तै, समूह बीबाट समूह विजेता बनेको अस्ट्रेलिया र उपविजेता बनेको इंग्ल्यान्ड सुपर ८ मा प्रवेश गरेका छन् । यही समूहबाट स्कटल्यान्ड, नामिबिया ओमान बाहिरिएका छन् । समूह सीमा अफगानिस्तान र वेस्ट इन्डिजले अर्को स्थान पक्का गरे पनि समूह विजेता को बन्ने चाहिँ टुङ्गो लाग्न बाँकी छ ।

शीर्ष दुई टोली मंगलबार एक अर्कासँग आमनेसामने हुँदैछन् । यस खेलले को विजेता र को उपविजेता बन्ने टुङ्गो लाग्नेछ । यो समूहबाट न्युजिल्यान्ड, युगान्डा र पपुवा न्युगिनी समूह चरणबाटै बाहिरिएका छन् ।

नेपालसमेत रहेको समूह डीबाट दक्षिण अफ्रिका अर्को चरणमा पुग्ने टुङ्गो लागेको छ । उपविजेताका रूपमा सुपर ८ मा पुग्नका लागि बंगलादेशसँगै नेदरल्यान्ड्सको पनि सम्भावना बाँकी छ । सोमबार हुने नेपाल र बंगलादेश तथा श्रीलंका र नेदरल्यान्ड्सबिचको खेलले उपविजेताको टुङ्गो लाग्नेछ ।

यो समूहबाट नेपाल र श्रीलंका भने बाहिरिइसकेका छन् । सुपर ८ चरणका खेलहरू असार ५ गतेदेखि सुरु हुनेछ । यस चरणको पहिलो खेलमा अमेरिकाले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

प्रकाशित मितिः २०८१ असार ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *