अकबरे खुर्सानीका फाइदा र बेफाइदा

भक्तपुर न्यूज

२८ जेठ २०८१ ७:५४

अकबरे खुर्सानीका फाइदा र बेफाइदा

काठमाडौं । अकबरे खुर्सानीकाे बास्ना याद गर्नुहोस् त । पक्कै पनि मुखबाट पानी आयो होला । विशेष गरी अरु खुर्सानी तर्कारीमा वा खानाका परिकारलाई मिठो र स्वादिलो बनाउनको प्रयोग गरे पनि अकबरे चाहिँ टोकेर नै खाउँ है भन्ने धेरैको धारणा हुन्छ ।

खुर्सानी एउटा पूरक मसला हो । यसले पिरो भएकोले खानालाई स्वादिलो बनाइदिन्छ । यसका बियाँमा बढी पिरोपन हुन्छ । ताजा हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट बढी पाइन्छ भने सुकेकोमा कम पाइन्छ ।

खुर्सानीको पिरो हुने तत्त्वलाई क्याप्सिसिन भनिन्छ। नेपालको सबै भूभागमा यसको उत्पादन हुने भएता पनि पहाडी भूभागमा यसको राम्रो उत्पादन हुने गरेको पाइन्छ । अकबरे खुर्सानीलाई कतिपय ठाउँमा डल्ले खुर्सानी पनि भन्ने गरिन्छ ।

यसका फाइदाहरू

१. नियमित यो खुर्सानीको सेवनले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन्छ ।

२. श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाई अक्सिजन लिने प्रक्रिया बढाउँछ ।

३. भोक लगाउने प्रक्रिया कम गर्छ र शरीरको तापक्रम बढाउनुका साथै क्यालोरी जलाउने काम गर्छ

४. पेटमा हुने ग्याष्टिक तथा अल्सर जस्ता रोगहरूबाट राहत पाउन सकिन्छ ।

५. माइग्रेनको समस्या समाधानका लागि यो खुर्सानी अति उत्तम मानिन्छ।

६. अकबरे खुर्सानी खानाले हाडजोर्नीमा हुने दुखाइलाई पनि केही कम गर्न मदत गर्दछ ।

७. यसमा पाइने पोटासियम र फोलेटले मुटुका रोगहरूको जोखिम घटाउनुका साथै स्वास्थ्यकर कोलेस्ट्रोललाई नियमित गराउन मद्दत गर्छ ।

८. यो खुर्सानी हालेर पकाइएको खानेकुरामा कीटाणुरहित हुन्छ ।

९. थकाई शरीरमा आलस्यता आएको समयमा यसको प्रयोग गरेमा शरीरमा स्फूर्ति आउँछ ।

१०. यसले पिसाब सम्बन्धी समस्या कम गराउन मदत गर्दछ ।

११. यसले रगतमा चिनीको मात्रा घटाउन वा सुगर रोगबाट बच्न मदत गर्दछ ।

१२. यसको नियमित सेवनले चिसोबाट हुने फ्लुलाई कम गर्न मदत गर्दछ ।

१४. यसले शरीरमा राता रक्त कोषको मात्रामा वृद्धि गर्दछ ।

१५. एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।

अत्यधिक खुर्सानी सेवनका असर पनि छन् .

खुर्सानीको सेवन धेरैलाई राम्रो र फाइदाजनक भए पनि कसैका लागि नराम्रो पनि हुनसक्छ । खुर्सानी खाने बानी परेकालाई यसको पिरोको असर कम देखिन्छ तर खुर्सानी खाने बानी नहुनेहरूलाई यसको सेवनका केही असरहरू पनि हुनसक्छ ।

१. खुर्सानीको सेवन गर्दा कसैलाई मुखदेखि मलद्वारसम्म पूरा पाचन प्रणालीमा जलन हुनसक्छ ।

२. धेरै खुर्सानी खाँदा क्याप्साइसिनको मात्रा बढी हुन सक्छ र शरीरको तापक्रम बढ्न सक्छ । यस्तो बेलामा रक्तचाप उच्च हुन सक्छ ।

३. अत्यधिक खुर्सानी सेवनले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाह्राे हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन् ।

साथै, खुर्सानीको सेवनले कतिपयलाई पसिना आउने, जिब्रो पोल्ने हुन सक्छ यस्ताे बेलामा बिचार पर्‍याउनु हाेला । एजेन्सी

प्रकाशित मितिः २०८१ जेठ २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *