विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपले दिए क्यानलाई धन्यवाद

भक्तपुर न्यूज

२८ जेठ २०८१ ५:४३

विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपले दिए क्यानलाई धन्यवाद

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी गराएका छन् ।

अध्यक्ष चन्द र सचिव पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको पनि उनले उल्लेख गर्दै क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न आग्रह गरेका छन् ।

यस्तै, सन्दीपले आफ्नो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न आग्रह गर्दै मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेको भन्दै त्यसमा दुःख व्यक्त गरेका छन् ।

सबै क्रिकेट फ्यानहरू र जसले आफ्नो लागि प्रार्थना गरे, आफू सधैं आशीर्वादको लागि आभारी रहने सन्दीपले बताएका छन् । सन्दीप वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा सहभागी हुनेछन् ।

प्रकाशित मितिः २०८१ जेठ २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *