स्पिनर सन्दीपले वेस्ट इण्डिजमा हुने टी–२० विश्वकपको बाँकी खेल खेल्ने
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जारी नवौँ संस्करणको टी–२० विश्वकपको वेस्ट इण्डिजमा हुने बाँकी खेल खेल्ने भएका छन् । क्यानले सन्दीपले विश्वकपको बाँकी खेल खेल्ने भएसँगै युवा बलर प्रतिश जिसी रिजर्भ प्लेयरको सूचीमा राखेको कुरा पनि विज्ञप्तिमार्फत जनाएको छ । यसअघि अमेरिकी दूतावासले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएका थिएनन् ।
सोही कारण उनले गत मंगलबार नेदरल्याण्ड्सँग भएको खेल पनि गुमाए । यस्तै, सन्दीपले आउँदो बुधबार हुने श्रीलंकासँगको खेल पनि गुमाउनेछन् । यद्यपि उनले १५ र १७ जुनमा क्यारेबियन देश सेन्ट भिन्सेन्टमा हुने विश्वकप म्याच भने खेल्न पाउने बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००