टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्ड खेल्दै

भक्तपुर न्यूज

२५ जेठ २०८१ ६:२६

टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्ड खेल्दै

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै छ । न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।

दुवै देशबीच अहिलेसम्म ४ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २-२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्वपूर्ण रहेको छ ।

प्रकाशित मितिः २०८१ जेठ २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *