युगान्डासँग पपुवा न्यूगिनी तीन विकेटले पराजित

भक्तपुर न्यूज

२४ जेठ २०८१ ५:२७

युगान्डासँग पपुवा न्यूगिनी तीन विकेटले पराजित

काठमाडौं । युगान्डाले आइसिसी ट्वान्टी-२० विश्वकपमा पपुवा न्यूगिनीलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा युगान्डा तीन विकेटले विजयी भएको हो। समूह सीमा रहेको युगान्डाको यो पहिलो जित हो। पहिलो खेलमा युगान्डा अफगानिस्तानसँग १२५ रनले पराजित भएको थियो। जितसँगै युगान्डा दुई खेलबाट दुई अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।

पपुवा न्यूगिनीको यो दोस्रो हर हो। पहिलो खेलमा वेस्ट इन्डिजसँग पाँच विकेटले पराजित भएको थियो। पपुवा न्यूगिनीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो। युगान्डाका रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए। ५६ बल खेलेका उनले एक चौका प्रहार गरे। जुमा मियाजी १३ रनमा आउट हुँदा केनेथ वैसवा सात रनमा अविजित रहे। अन्यको प्रदर्शन भने राम्रो हुन सकेन।

पपुवा न्यू गिनीका आलेई नाओ र नोर्मन वानुआले समान दुई विकेट लिए। चैड सोपर र असद भालाले समान एक विकेट लिए। त्यसअघि प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यूगिनीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको हो। पपुवा न्यूगिनीका हिरि हिरिले सर्वाधिक १५ रन बनाए। किप्लिन डोरिगा र लेगा सियाका समान १२ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन। युगान्डका अल्पेश रामजनी, जुमा मियाजी, कासमास क्येवूता र फ्रेन्क नसूबूगाले समान दुई विकेट लिए। ब्रायन मसाबाको नाममा एक विकेट रह्यो।

प्रकाशित मितिः २०८१ जेठ २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *