केराको बुङ्गो खानुका फाइदा ! पत्थरी, मधुमेहदेखि उच्च रक्तचापमा प्रभावकारी
काठमाडौं । आफ्नो स्वास्थ्यलाई राम्रो बनाइराख्न वा सानो भोक मेटाउनका लागि प्रायः बच्चादेखि बुढासम्मले खाने पहिलो फल भनेको केरा नै हो । तर यो फलका साथै यसको फूल पनि स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक छ । कतिपय स्थानमा यसको अचार, तरकारी आदि बनाएर खाने चलन पनि छ । तपाईं पनि केराको फूललाई खानपिनमा समावेश गराएर फाइदा उठाउन सक्नुहुन्छ ।
यदी तपाईं तौल घटाउन चाहनुहुन्छ भने केराको फूललाई आफ्नो खानपिनमा समावेश गराउनुहोस् । यसले पेटलाई लामो समयसम्म भरेर राख्छ जसले गर्दा तपाईंले अत्यधिक खानबाट बच्नुहुनेछ । केराको फूलको सेवन गरेर मृगौलामा भएको पत्थरीमा धेरै हदसम्म फाइदा पाउन सकिन्छ । यो मृगौलासम्बन्धी अन्य बिरामीहरुका लागि पनि फाइदाजनक हुन्छ ।
यदी तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने पनि केराको फूलको सेवन गर्न सक्नुहुन्छ । यसले शरीरमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ । आफ्नो मुटुलाई स्वस्थ बनाइराख्नका लागि पनि केराको फूल एकदमै स्वस्थवर्धक छ । यसको नियमित सेवनले मुटुसम्बन्धी समस्याको जोखिम पनि कम गर्छ ।
यदी तपाईंलाई पखाला लागिरहेको छ भने केराको फूललाई आफ्नो खानपिनमा समावेश गराउनुहोस् । यसले छिटो तपाईंलाई पखालाबाट राहत दिनेछ । उच्च रक्तचापको समस्या पनि केराको फूलको सेवन गर्न सकिन्छ । यसमा हुने गुणले रक्तचाप नियन्त्रणमा पनि राम्रो काम गर्छ ।
कैयौंपटक स्तनपान गराइरहेकी महिलालाई दुध कम आउने वा नआउने समस्या हुन्छ । यस्तोमा सुत्केरी महिलाको खानपिनमा केराको फूल समावेश गराउनुभयो भने यसले दुधलाई बढाउन सहयोग गर्छ ।
प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार