कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय थप
काठमाडौं । कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/२०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय थप गरिएको जानकारी दिएको हो ।
बोर्डले यस अघि १५ माघमित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सूचित गरेको थियो । तर, तोकिएको समयभित्र कतिपय विद्यार्थीको रजिष्ट्रेसन आवेदन बुझाउन छुट्न गएकोले समय थप गरेको बोर्डले जनाएको छ ।
बोर्डले २१ फागुनभित्र फाराम बुझ्ने/बुझाउने गरी म्याद थप गरिएकोले फाराम भएका विद्यालयहरूले बोर्डको सम्बन्धित कार्यालयमा सम्पर्क राखी फारम बुझाउन निर्देशन दिएको छ ।
प्रकाशित मितिः २०८० फागुन १३ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८