यू–१९ विश्वकप : नेपालले आज पहिलो खेलमा न्युजिल्यान्डको सामना गर्दै

भक्तपुर न्यूज

७ माघ २०८० ५:०७

यू–१९ विश्वकप : नेपालले आज पहिलो खेलमा न्युजिल्यान्डको सामना गर्दै

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (आइतबार) पहिलो खेल खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डको समाना गर्दैछ। नेपाल र न्यूजिल्याण्डको खेल नेपाली समयानुसार आइतबार दिउँसो १:४५ बजे सुरु हुनेछ।

८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो।

नेपाल सन् २०१६ पछि विश्वकप खेल्न लागेको हो। सन् २०१६ को विश्वकपमा नेपालले क्वार्टरफाइनल सम्मको यात्रा तय गरे पनि अन्तिम ८ को खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। यो विश्वकपमा भने नेपाल समूह ‘डी’मा छ। यो समूहमा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्। हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।

प्रकाशित मितिः २०८० माघ ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *