टाइगर कप भलिबलः महिलातर्फ पुलिसलाई पराजित गर्दै आर्मी तेस्रो

भक्तपुर न्यूज

५ माघ २०८० १०:३९

टाइगर कप भलिबलः महिलातर्फ पुलिसलाई पराजित गर्दै आर्मी तेस्रो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो भएको छ। तेस्रो भएसँगै आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने भएको छ।

पोखरा रगंशालास्थित कभर्डहलमा शुक्रबार भएको खेलमा आर्मीले अर्को नेपल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थान हात पारेको हो। पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने गुमाउन पुग्यो। आर्मी दोस्रो सेटमा १८–२५ ले पराजित भएको थियो।

तर तेस्रो सेटमा पुनरागमन गर्दै २५–२० को जित निकाल्यो। चौथो तथा अन्तिम सेटमा २५–१९ को जित निकाल्यो। आर्मी सेमिफाइलमा एपीएफसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो। अर्को खेलमा पुलिस क्लब भने चन्द्रागिरी नगपालिका न्यु डायमण्ड महिला टिमसँग पराजित हुँदै तेस्रो स्थानका लागि खेलेको थियो। फाइनल खेल भोलि शनिबार हुनेछ।

प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *