बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना १५ वर्षपछि पक्राउ
काठमाडौं । बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको पन्ध्र वर्ष पुरानो घटनामा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन्।
रोशी गाउँपालिका-३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका दुबै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन्। २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो।
हत्यापछि फरार रहेका दुबैलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला अदालत काठमाडौंमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले बताए।
प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५