गण्डकीलाई ९३ रनमा अलआउट गरेको सुदूरपश्चिमको लगातार तेस्रो जित

भक्तपुर न्यूज

४ माघ २०८० १०:२६

गण्डकीलाई ९३ रनमा अलआउट गरेको सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो खेलमा जित हात पारेको छ। बिहीबार भैरहवामा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकालेको हो। गण्डकी भने लगातार तेस्रो खेलमा पराजित भयो।

सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै अलआउट भयो। गण्डकीका लागि अस्विनी रानाले २५ रन र कमल परियारले २२ रन जोड्दा अरु ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ९ मध्ये ४ ब्याटरले खाता खोल्न सकेनन्।

बलिङमा सुदूरका शेर मल्लले ५ विकेट लिए। उनले ८.२ ‌ओभरमा १ मेडन राख्दा २३ रन दिए। गजेन्द्र बोहराले २ विकेट लिए भने भोजराज भट्ट, नरेश साउद र मिलन बोहराले १-१ विकेट हात पारे।

त्यसअघि टस जितेको गण्डकीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम ५० ओभरमा २०१ रनमा अलआउट भयो। सुदूरका लागि किरण ठगुन्नाले ६० रन र नारायण जोशीले ४६ रन बनाए। बलिङमा गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले ३-३ विकेट तथा कमल परियार र अमृत गुरुङले २-२ विकेट लिन सफल भए।

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *