६ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाखभन्दा धेरै

भक्तपुर न्यूज

४ माघ २०८० ५:२६

६ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाखभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट चार लाख १४ हजार जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको छ । पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो । पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै यूएई जानेहरु छन् ।

यूएईका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् । त्यसपछि साउदी अरेबिया र कतारमा १४ हजार, मलेसिया ८ हजार, कुवेतमा ३ हजार, कोरियामा १ हजार जना गएको विभागको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौमा भन्दा मंसिर, पुसमा बढेको तथ्याङ्क छ।

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *