त्रिविमा श्रम विषयमा एमए पढ्न चाहनेले २४ पुससम्म भर्ना हुनु पर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक विज्ञान संकायले स्नातकोत्तर तहमा श्रम अध्ययनको भर्ना २४ पुससम्म बढाएको छ । संकायले समाज, श्रम बजारप्रतिको बुझाईलाई गहिरो र फराकिलो ज्ञान भएको आवश्यक जनशक्ति उत्पादनको लागि श्रम अध्ययन सुरु गरेको जनाएको छ ।
संकायको अनुसार सेमेष्टर प्रणालीमा आधारित श्रम अध्ययन विषयको पाठ्यक्रम विद्यार्थीलाई विभिन्न क्षेत्रहरुमा अर्थपूर्ण, आकर्षक र सम्मान जनक भविष्य निर्माण गर्न मद्धत पुग्ने किसिमले विकास गरिएको छ । जुनसुकै विषयमा स्नातक गरेको विद्यार्थीले भर्ना आवेदन दिनसक्नेछन् ।
स्नातक तहको नतिजा ढिला आएकोले समयावधि थप गरिएको एमए इन लेवर स्टडिजकी संयोजक डा.कमलादेवी लामिछानेले बताइन् । विद्यार्थीको प्रवेश परीक्षा २७ पुस, दिउँसो १ बजे हुनेछ ।डीनको कार्यालयले यस अघि २५ मंसिरसम्म भर्ना आवेदन समयावधि तोकेको थियो । संकायले स्नातकोत्तर तहमा सञ्चालित सबै कार्यक्रमको भर्ना आवेदनको समयावधि थप गरेको जनाएको छ ।
प्रकाशित मितिः २०८० पौष १३ शुक्रबार