पत्रकार तथा कलाकार प्रकाश ढकालको शंकास्पद मृत्यु

भक्तपुर न्यूज

४ मंसिर २०८० १०:५४

पत्रकार तथा कलाकार प्रकाश ढकालको शंकास्पद मृत्यु

काठमाडौं । पत्रकार तथा कलाकार प्रकाश ढकालको शंकास्पद मृत्यु भएको छ। विगत चार दिनदेखि हराइरहेका ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको हो।

विगत ७ वर्षदेखि लालिगुराँस डटकममा आबद्ध रहेका संवाददाता ढकालको शव कृष्णभीरमा भेटिएको लालिगुराँस डटकमका अध्यक्ष कमल सरगमले बताएका छन्। लालिगुराँसका लागि मनोरन्जन संवाददाताको रुपमा काम गरेका उनी तिहारमा आफ्नो घर स्याङ्जाको चापाकोट गएका थिए।

घरबाट काठमाडौं जान फर्किएका उनी सम्पर्कविहीन थिए। त्रिशुली नदीमा र्‍याफ्टिङ गर्ने व्यक्तिले बेनिघाट रोराङ–७ कृष्णभीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सरगमका अनुसार ढकालको शरीरमा चोटसमेत लागेको र मृत्यु शंकास्पद रहेको छ। प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *