ओपनएआईले हटाएका साम अल्टम्यान माइक्रोसफ्टमा
काठमाडौं । आफैँले स्थापना गरेको ओपन एआईबाट बर्खास्त साम अल्टम्यान र ग्रेग ब्रकम्यानलाई माइक्रोसफ्टले भित्र्याएको छ। यी दुई जनाले माइक्रोसफ्टमा एआईसम्बन्धी रिसर्च टोलीको नेतृत्व गर्ने जनाइएको छ।
शुक्रबार ओपन एआईको बोर्डले उनीहरुलाई नाटकीय रुपले बर्खास्त गरेको थियो। अल्टम्यानसहितको टोलीले स्थापना गरेको ओपन एआईले च्याटजीपीटी निर्माण गरेर एआईको दुनियाँ तहल्का मच्चाएको थियो।
‘सहकर्मीहरुका साथ अल्टम्यान र ब्रकम्यान एक नयाँ एआई रिसर्च टोलीको नेतृत्व गर्न माइक्रोसफ्टमा आबद्ध हुनुहुनेछ,’ माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले एक्समा सोमबार लेखेका छन्।
यसअघि अल्टम्यान फेरि ओपनएआई आबद्ध हुनसक्ने चर्चा पनि चलेको थियो। माइक्रोफ्टले ओपनएआईसँग सहकार्य गरिरहेको छ। जसलाई निरन्तरता दिने नाडेलाको भनाइ छ।
प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९