कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने
काठमाडौं । नेपाली कांग्रेसले सरकारको प्रभावकारीताका विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले सरकारको कामकारबाहीको समीक्षा गर्ने गरि केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठक बोलाउने निर्णय गरिएपनि मिति भने तय गरिएको छैन ।
‘केही दिन भित्रमा पार्टीका पदाधिकारी, नेताहरु, कार्यसम्पादन समितिका सदस्य र सरकारका मन्त्रीहरुका विचमा सरकारका काममा केन्द्रीत भएर बैठक गर्ने कुरा भएको छ,’ महामन्त्री थापाले भने,‘एउटा केन्द्रीय समिति र संसदीय दलको बैठक पनि सरकारकै विषयमा मात्रै केन्द्रित भएर छलफल गर्ने कुरा भएको छ ।’
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान पदाधिकारी बैठक बसेको थियो ।
प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९