भूकम्पमा आमाबुबा गुमाएका बालबालिकालाई एलएले नि:शुल्क शिक्षा प्रदान गर्ने

भक्तपुर न्यूज

१९ कार्तिक २०८० ७:१३

भूकम्पमा आमाबुबा गुमाएका बालबालिकालाई एलएले नि:शुल्क शिक्षा प्रदान गर्ने

काठमाडौं । लिटल एन्जेल्स एजुकेसन ग्रुप(एलए)ले जाजरकोट र रूकुम पश्चिम भूकम्पमा परी आमाबुबा दुवै गुमाएका दश बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ।

एलएका संस्थापकद्वय: उमेश श्रेष्ठ तथा विद्या लिम्बूले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएकोप्रति गहिरो दु:ख व्यक्त गर्दै कम्तिमा दुई करोड बराबरको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन्।

‍विपत्तिमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाहरू (५ छात्र र ५ छात्रा)का लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुपअन्तर्गतका शिक्षण संस्थाहरूबाटआवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने संस्थापक श्रेष्ठले जनाकारी दिए।

शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा हालसम्म १५७ जनाको मृत्यु हुँदा १०० भन्दा बढी घाइते भएका छन्।

प्रकाशित मितिः २०८० कार्तिक १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *