सीएसआईटीका विद्यार्थीले अनलाइनबाटै मार्कसिट हेर्न मिल्ने

भक्तपुर न्यूज

३ कार्तिक २०८० ६:३९

सीएसआईटीका विद्यार्थीले अनलाइनबाटै मार्कसिट हेर्न मिल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सीएसआईटीको परीक्षाफलको मार्कसिट अनलाइनमा उपलब्ध गराउने भएको छ । संस्थानले एक सूचना जारी गर्दै २०७९ मा भर्ना भएका सीएसआईटीका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको ईमार्कसिट उपलब्ध गराएको जानकारी दिएको हो ।

यस सँगै परीक्षामा आफू उत्तीर्ण भए/नभएको थाहा पाउनुका साथै कुन विषयमा कति प्राप्ताङ् आयो भनेर अनलाइनमा नै हेर्न सकिने भएको छ । कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख सर्विन सायमीका अनुसार यो पटक एउटा सेमेस्टरबाट शुरू भएकाे यो व्यवस्था आगामी दिनमा सबै तह र सेमेस्टरमा लागु हुने बताए ।

साथै भर्नादेखि, त्रिविमा भर्नु पर्ने सम्पूर्ण फाराम अनलाइन हुने समेत उनले जनाकारी दिए । यसले विश्वविद्यालयलाई डिजिटलमैत्रि बनाउन सहयोग पुग्ने उनकाे बताए । अनलाइनबाट मार्कसिट हेर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि विद्यार्थीले आफ्नो परीक्षा र सिम्बोल नम्बर टाइप गर्नुपर्छ । त्यसपछि तल रहेको ग्रेडशिटमा प्रेस गर्नुपर्छ । अब विद्यार्थीले आफ्नो ग्रेड प्राप्त गर्छन् ।

प्रकाशित मितिः २०८० कार्तिक ०३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *