डाक्टरहरूको आन्दोलनका कारण बिरामीहरू मर्कामा

भक्तपुर न्यूज

३१ भदौ २०८० ११:०७

डाक्टरहरूको आन्दोलनका कारण बिरामीहरू मर्कामा

काठमाडौं । मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलिन भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरु आन्दोलित बन्दा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन्।

देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरिङ्ग (ओपीडी)को टिकट वितरण गरेका छैनन्। नेपाल चिकित्स संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भनेको थियो।

संघको आह्वानमा अस्पताल बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन्। देशका विभिन्न ठाउँबाट उपचारका लागि भन्दै संघीय राजधानी काठमाडौं आएका बिरामी अलपत्र परेका छन्। फलोअपमा रहेका र ओपीडीमा जाँच गराउने गरी आएका बिरामी पनि अस्पताल बन्द हुँदा मर्कामा परेका छन्।

प्रकाशित मितिः २०८० भदौ ३१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *