नयाँ बानेश्वरबाट नक्कली ४७ हजार नेपाली नोटसहित दुई जना पक्राउ

भक्तपुर न्यूज

१ भदौ २०८० ९:२४

नयाँ बानेश्वरबाट नक्कली ४७ हजार नेपाली नोटसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरबाट नक्कली नोट छाप्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले बिहीबार पञ्चकुमारी मार्गको एक कोठाबाट २५ वर्षीय दिलिप राईलाई पक्राउ गरेको हो।

बुधबार प्रहरीले सोही आरोपमा विजय बस्नेतलाई पक्राउ गरेको थियो। बस्नेतलाई सोधपुछ गर्दा नक्कली नोट छाप्ने काम भइरहेको खुलेपछि उनकै माध्यमबाट प्रहरीले बिहीबार उक्त स्थानमा छापा मारेको थियो। त्यो कोठामा दुई वटा डेक्सटप र ३ वटा प्रिन्टर राखेर उनीहरूले रु ५ सय र १ हजारका सक्कली नोटबाट नक्कली नोट छाप्ने गरेका खुलेको छ।

उनीहरूको साथबाट रु ५ सयका‍‍ २१ थान र १ हजारका ३७ थान गरी रु ४७ हजार ५०० मूल्यका जम्मा ५८ थान नक्कली नोट फेला परेका छन्। उक्त स्थानबाट प्रहरीले क्यानन कम्पनीको फोटोकपी मेसिन, सेतो पेपर र कैँचीलगायतका सामान पनि बरामद गरेको छ।

प्रकाशित मितिः २०८० भदौ ०१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *