चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक, भदौ १४ मा रिलिज हुने (भिडिओ)

भक्तपुर न्यूज

३२ साउन २०८० १०:४२

चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक, भदौ १४ मा रिलिज हुने (भिडिओ)

काठमाडौं । चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट चार सेकेन्ड लामो ट्रेलरमा चलचित्रको कथावस्तु बुझाउने प्रयास गरिएको छ । एक व्यक्तिको अस्वाभाविक रूपमा जन्म, बाल्यकाल र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । निःसन्तान दम्पतीलाई भगवान् गणेश जस्तो स्वरूपको पुत्रलाभ भएपछि आइपर्ने विविध परिस्थितिको कथा चलचित्रमा दर्शाउन खोजिएको छ ।

चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व. जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानाका साथमा अतिथि भूमिकामा अभिनेतृ वर्षा शिवाकोटीको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको चलचित्रको ट्रेलरमा सबै कलाकारलाई समेटिएको छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मण रिजाल, कार्यकारी निर्माता विज्ञान केसी र अर्बिन्द्र गिरी हुनुहुन्छ । हरिबहादुर घलेको छायाङ्कन रहेको चलचित्रमा अनिश अधिकारीको सङ्गीत छ ।

विपिन मल्लले सम्पादन गरेको चलचित्रको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँको विभिन्न स्थानमा खिचिएको फिल्मको वितरण श्रीराम बालाजी फिल्म्स् र एफडीले गर्दै छ । भदौ १४ गते रिलिज हुने तयारीमा रहेको चलचित्रलाई सविन अधिकारीले निर्देशन गर्नुभएको हो ।

प्रकाशित मितिः २०८० साउन ३२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *