कञ्चनपुरमा शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु

भक्तपुर न्यूज

३२ साउन २०८० ९:२०

कञ्चनपुरमा शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु

काठमाडौं । कञ्चनपुरमा शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा रहेको शौचालयक सेफ्टिक ट्याङ्कीमा फसेर हात्ती मरेको हो।

हात्ती बुधबार राति शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेको हुनसक्ने बताइएको छ। बिहीबार बिहान मरेको अवस्थामा, सेफ्टिक ट्याङ्कीमा हात्ती फेला परेको थियो। शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर हात्ती मरेकोबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रकाशित मितिः २०८० साउन ३२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *