देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

भक्तपुर न्यूज

३२ साउन २०८० ९:१६

देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ। बिहीबार बिहान २:३० बजेसम्म इलाम, झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ। यस्तै, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही र आसपास केही स्थानमा पनि मध्यमदेखि भारी बर्षा भएको विभागले जनाएको छ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले यी जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। सिन्धुपाल्चोकको घुम्थाङ, धाप, भोताङलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको जनाउँदै महाशाखाले मेलम्ची नदीमा जलसतह बढेको जनाएको छ। मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनका साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ। मेलम्ची तटीय क्षेत्रमा बिहीबार बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मितिः २०८० साउन ३२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *