नेपाल टेलिकम मार्फत कक्षा १२ को परीक्षाफल हेर्न सकिने

भक्तपुर न्यूज

२९ साउन २०८० १०:५३

नेपाल टेलिकम मार्फत कक्षा १२ को परीक्षाफल हेर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०८० सालको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले केही दिनभित्रमै परीक्षाफल प्रकाशन गर्ने सम्भावना रहेको छ । यसैबीच नेपाल टेलिकमले कक्षा १२ को परीक्षाफल आफ्ना विभिन्न सेवाहरुमार्फत हेर्न सकिने सूचना मार्फत जानकारी दिएको छ ।

टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको हो । यसका साथै टेलिकमले एसएमएस र यूएसएसडीका लागि १६०० र आईभीआर सेवाका लागि १६०१ मार्फत आफ्नो परीक्षाफल हेर्न सकिने जानकारी दिएको छ ।

प्रकाशित मितिः २०८० साउन २९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *