रुकुम पश्चिममा दुई जनाकाे हत्या आरोपमा ४६ वर्षीया महिला पक्राउ
काठमाडौं । रुकुम पश्चिममा दुई जना महिलाकाे हत्या गरेकाे आरोपमा एक महिला पक्राउ परेकी छिन् । मुसिकाेट नगरपालिका-१ की ५२ वर्षीया हस्तकली बुढाथाेकी र २०७५ साल असार १० गते मृत भेटिएकी ४६ वर्षीया आइती बुढाथाेकीकाे हत्या आराेपमा २३ वर्षीया सिर्जना बुढाबोहाेरा पक्राउ परेकी हुन् ।
गएकाे बिहीवार मृत भेटिएकी हस्तकलीकाे हत्या आराेपमा पक्राउ परेकी सिर्जनाले झन्डै पाँच वर्षअघि आइतीकाे पनि हत्या गरेकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार बोहाेराले दुवै जनाको हत्या गरेको स्वीकार गरेकी छन् ।
सिर्जनाले प्रहरी समक्ष पाँच वर्षअघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि हस्तकलीकाे पनि हत्या गरेको बयान दिएकी हुन् । दुवै महिलाको हत्याको उद्देश्य र प्रकृति एउटै रहेको प्रहरीले जनाएकाे छ । गहना र पैसा लुट्ने उद्देश्यले उनीहरुकाे हत्या भएकाे हो । प्रहरीले हस्तकलीकाे हत्या प्रकरणमा बाेहाेरासहित अन्य दुई जनालाई पक्राउ गरेकाे छ ।
प्रकाशित मितिः २०८० साउन २९ सोमबार